सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जित, माल्दिभ्स सोझो सेटमा पराजित

भलिबल

काठमडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्स कपमा लगातार दोस्रो जित निकाल्नेक्रममा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । बंगलादेशका ढाकास्थित शाहीद सोह्रवर्दी नेशनल इन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–११, २५–९, २५–५ को स्कोरमा हराएको हो । नेपालले गत संस्करणमा पनि माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगितामा महिला टोलीको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालमा कठिन प्रतिद्वन्द्वी श्रीलंकाविरुद्ध रोमाञ्चक विजय हासिल गरेको थियो । श्रीलंकाविरुद्ध पहिलो सेटमा २५–१९ र दोस्रो सेटमा २५–२१ ले पराजित भएको नेपालले बाँकी खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तेस्रो सेट २५–१५ ले जितेको नेपालले चौथो सेट २५–१९ ले जितेको थियो । अन्तिम तथा निर्णायक सेटमा भने नेपाल १५–१३ ले विजयी भयो ।

लगातार दोस्रो जितसँगै नेपालको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ । महिलातर्फ प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका छन् । राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो स्थानको टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले अब आइतबार आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0