सेन्ट्रल जोन भलिबल : पुरुषतर्फ नेपालको पहिलो जित, उज्वेकिस्तानमाथि ३–१ को जित

भलिबल

काठमाडौं, पुस ९ : बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। शुक्रबार साँझ ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानमाथि ३–१ को जित निकाल्यो । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको नेपालको यो पहिलो जित हो।

यो जितसँगै ५ टिम सहभागी प्रतियोगितामा फाइनल पुग्ने नेपालको सम्भावना जिवितै भएको छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो।

त्यसपछि तीन सेट लागतार जित्दै नेपालले पहिलो जित निकाल्यो । नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले सहजै जितेको थियो । तर, चौथो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो ।

२३–२३ को बराबरीमा रहेको सेटमा लागतरा दुई प्वाइन्ट लिँदै नेपाल २५–२३ले विजयी भयो। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0