प्रदेश १ लाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि 

क्रिकेट

काठमाडौं : प्रदेश १ लाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ। आइतबार धनगढीको फाप्ला मैदानमा भएको फाइनल भिडन्तमा एपिएफले प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ६ विकेटको क्षतिमा ६७ रन मात्र जोड्न सक्यो। प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी ३४ रन जोडिन्। उनले ४६ बलमा ३ चौका हिर्काइन्। बलिङमा एपिएफकी कप्तान सीता रानामगरले ३ विकेट लिइन्। यस्तै रेखा रावलले २ विकेट हात पारिन्। ६८ रनको लक्ष्य एपिएफले ३ विकेटको क्षतिमा १४.२ ओभरमा पूरा गर्‍यो।

उसका लागि ज्योती पाण्डेले नटआउट ३६ रन जोडिन्। उनले ३९ बलमा ६ चौका हिर्काइन्। ममता चौधरीले नटआउट १९ रन बटुलिन्। बलिङमा प्रदेश १ की रुबिना क्षेत्रीले ३ विकेट लिइन्। सीता रानामगर प्लेयर अफ दि फाइनल घोषित भइन्। रुबिनाले प्लेयर अफ दि सिरिजको ट्रफी प्राप्त गरिन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0