बार्सिलोनालाई उपाधि यात्रामा धक्का

फुटबल

काठमाडौं, वैशाख २९ : स्पेनिस ला लिगाको उपाधि होडमा बार्सिलोनालाई धक्का लागेको छ । मंगलबार राति दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोनालाई लेभान्तेले ३-३ गोलको बराबरीमा रोक्यो।

बार्सिलोनाका लागि लियोनल मेस्सी, पेड्री, ओस्मान डेम्बेललेले गोल गरे । पहिलो हाफमा दुई शून्य गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन मिनेटको फरकमा दुई गोल खायो । लेभान्टेका लागि ५७ औँ मिनेटमा गोन्जालो मेरेलो र ५९ औँ मिनेटमा जोश लुइस मोरल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

खेलको ६४ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ३ २ ले अग्रता दिलाए । तर खेलको ८३ औँ मिनेटमा सर्जियो लियोनले गोल गरेपछि लेभान्टेले खेल बराबरी गर्‍यो । त्यसपछि गोल हुन सकेन । बार्सिलोनाको शीर्ष स्थानमा उक्लिने योजना तुहियो ।

बराबरीसँग बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमायो। अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले ३६ खेलबाट ७६ अंक जोडेको छ। बार्सिलोनाले अब दुई खेल खेल्न बाँकी छ।

तीन खेल खेल्न बाँकी शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ३५ खेलबाट ७७ अंक छ। यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ३५ खेलबाट ७५ अंक छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *