सेन्ट्रल जोन भलिबल : आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने, जित कस्को ?

भलिबल

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सुरुवाती चार खेल जित्दै फाइनलमा पुगिसकेको नेपाल आज लगातार पाँचौ जित निकाल्न चाहन्छ । हिजो उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३–० ले तथा तेस्रो खेलमा बंगलादेशलाई ३–० कै सेटमा हराएको थियो । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0