एस्टन भिल्लामाथि चेल्सीको पुनरागमन जित

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गत एस्टन भिल्लामाथि चेल्सीले ३-१ को सहज जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीका लागि जर्जिन्होको दुई र रोमेलु लुकाकुले एक गोल गरे । भिल्लाले एक गोल आत्मघाती उपहार स्वरूप पाएको थियो ।

भिल्ला पार्कमा खेलको २८ औं मिनेटमा रिस जेम्सको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ३४ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।​

कलुम हड्सन ओडोइलाई पेनाल्टी क्षेत्रमा माट्टी कासले फउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर प्राप्त थियो । ५६ औं मिनेटमा लुकाकुले ओडोइको पासमा गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए ।

थप गरिएको समयमा जर्जिन्होले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीको जित पक्का गरे । इज्री कोन्साले लुकाकुमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए ।

यो जितसँगै १९ खेलमा ४१ अंक जोडेर चेल्सी तेस्रो स्थानमा कायम रहँदा एस्टन भिल्ला २२ अंकका साथ ११ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0