बिगबास लिगमा सन्दीप लामिछाने लगातार फ्लप

क्रिकेट

काठमाडौं : नेपालका लेग स्पिनर सन्दीप लामिछाने सिजनको बिग ब्यास लिगमा लगातार तेस्रो खेलमा विकेटविहीन बनेका छन्। सोमबार एडिलेड स्ट्राइकर्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले तीन ओभर बलिङ गर्दा विकेट लिन सकेनन् भने ३१ रन खर्चिए। उनले ३ बल डट फ्याँक्दा ५ चौका दिए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एडिलेडले ५ विकेटको क्षतिमा १७५ रन जोडेको छ। जारी सिजनमा सन्दीपले ६ खेल खेल्दा दुई विकेट मात्र लिन सफल भएका छन्। जसमा सन्दीप लगातार तीन खेलमा विकेटविहीन बन्न पुगे।

यसअघि सन्दीप मेलवर्न स्टार्स र पर्थविरूद्धको अघिल्ला खेलमा पनि विकेटविहीन बनेका थिए। सन्दीपले पर्थ र सिड्नी सिक्सर्डविरुद्ध दुई-दुई खेल खेलिसकेका छन्। ती खेलमा सन्दीपले एक-एक खेलमा मात्र विकेट लिएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged