सातदोबाटोमाथि जावलाखेलको जित, नवौं स्थानमा उक्लियो

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं: विपिन कँडेल र निकोलस फर्नान्डेजको गोलमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरश रंगशालामा सोमबार सम्पन्न दिनको पहिलो खेलमा जावलाखेलले छिमेकी तथा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो।

जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेजले एक/एक गोल गरे। खेलमा पहिलो हाफमा सातदोबाटोसँग दबाब झेलेको जावलाखेलले दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै २ गोल गर्न सक्यो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओनगुना गुनियरको हेडरलाई गोलरक्षक अभिषेक बरालले बचाए।

त्यसपछि खेलको ५०औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ओनगुना जुनियरको क्रसलाई पासाङ लामाले क्लियर गर्न नसकेको बललाई सब्सिच्युट मिडफिल्डर विपिनले नियन्त्रणमा लिँदै जाली चुमाए।

विपिन ४६औं मिनेटमा सुरजज्यु ठकुरीको स्थानमा मैदान प्रवेश गरेका थिए। त्यसपछि खेलको ७०औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए। उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलरक्षक अभिषेक बरालले बचाउन सकेनन्।

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ। यसअघि जावलाखेलले च्यासललाई १–० ले पराजित गरेको थियो भने मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबसँग समान १–० ले पराजित भएको थियो। मछिन्द्रसँग २–० को हार बेहोरेको जावलाखेल ब्रिगेड ब्याइजसँग गोलरहित बराबरी खेलेको थियो।

सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ। यसअघि सातदोबाटोले एनआरटीसँग १–० को हार बेहोरेको थियो भने फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो। थ्रीस्टारलाई १–० र एपीएफलाई ४–१ ले पराजित गरेको सातदोबाटो एनआरटीसँग १–० ले पराजित भएको थियो। आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो। जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। समान ७ अंक नै रहेपनि थ्रीस्टार सातौं र एनआरटी आठौं स्थानमा छन्। पराजित सातदोबाटो ८ अंक जोडेर पाँचौ स्थानमा यथावत् छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0