ऐतिहासिक उपाधी जिताउने नेपाली चेलिहरुलाई प्रधानमन्त्री देउवाले दिए बधाई

भलिबल

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । आज साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेको हो ।

प्रधानमन्त्री देउवाले फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिएका हुन् । ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई’ उनले लेखेका छन् । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0