सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित

फुटबल

काठमाडौं । मुख्य फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल तुलनात्मक कमजोर मानिएको लेस्टर सिटीसँग १–० ले पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका सब्सिच्युट फरवार्ड एडेमोला लोकमनले ५९ औँ मिनेटमा गोल गरेका थिए ।

यसअघि, १६औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुल अग्रता लिनबाट बञ्चित भएको थियो । उनको प्रहारलाई गोलरक्षक कास्पर स्माइकलले बचाएका थिए । त्यसपछि लेस्टरका लोकमनले गरेको गोल नै निर्णायक बनेको हो ।

यो पराजयसँगै दोस्रो स्थानको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग ६ अंकले पछि परेको छ । लिभरपुलललाई हराएको लेस्टर २५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । गएराति नै भएका अन्य खेलमा टोटनहम साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकियो ।

खेलको अग्रता भने जेम्स वार्ड पोजले २५ औँ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । तर, ३९ मिनेटमा मोहम्मद सलिसुले रातो कार्ड खाएपछि घरेलु टोली साउथह्याम्पटन १० खेलाडीमा सीमित भयो र यसको फाइदा टोटनहमले उठायो ।

४१ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ह्यारी केनले खेल १–१ को स्थितिमा ल्याएका हुन् । त्यसपछि दुुवैतर्फबाट कुनै गाल हुन सकेन र दुवैले अंक बाड्न बाध्य भए । टोटनहम लिगको छैटौं स्थानमा छ भने साउथह्याम्पटन १३ औं स्थानमा छ । अन्य खेलहरूमा वेस्ट ह्यामले वाटफोर्डलाई ४–१ ले तथा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–० ले हरायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0