केलियन एमबाप्पे जनवरीमा रियल मड्रिड नआउने पक्का

फुटबल

काठमाडौं : पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेले जनवरी ट्रान्सफर विन्डोमा स्पेनिस क्लब रियाल मड्रिड नजाने बताएका छन् । पिएसजी र एमबाप्पेबीचको सम्झौता सकिन ६ महिना मात्र बाँकी रहेको बेला उनले अहिले क्लब नछोड्ने बताएका हुन् । यसअघि एमबाप्पेको सरुवाका लागि रियाल मड्रिडले गरेको ठूलो प्रस्ताव पिएसजीले नकारेको थियो ।

२३ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेले ‘ग्लोबल सकर प्लेयर अफ द इयर’अवार्ड हात पारेपछि सिएनएनसँगको अन्तर्वार्ता मध्य सिजन चलिरहँदा क्लब छाड्ने सोच नरहेको बताएका हुन् ।

‘जनवरीमा म रियल मड्रिड जाने छैन । म निकै खुशी छु पिएसजीकै खेलाडीको रुपमा सिजनको अन्त्य गर्नेछु । यस वर्ष पिएसजीलाई सबै उपाधि दिलाउन म आफ्नो शतप्रतिश दिनेछु, एमबाप्पेले भने, ‘म अहिले क्लब छाड्ने भन्दा पनि फेव्रुअरी र मार्चमा रियललाई हराउने बारेमा सोच्दैछु ।’

पिएसजीले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा रियल मड्रिडको सामना गर्दैछ । ‘च्याम्पियन्स लिग र घरेलु लिगको उपाधिका जित्दै क्लबका समर्थकलाई खुशी दिन चाहन्छु,’ उनले थप ‘म एक फ्रेन्च हु र पिएसजी मेरो सहर हो । म यही खुशी छु ।’

Baixar Driver Easy Crackeado

wink mod apk

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0