ऐतिहासक उपाधी जित्ने नेपाली चेलिहरु बिहीबार स्वदेश फर्कने

भलिबल

काठमाडौं : नेपाली राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ। बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली तथा चौथो भएको पुरुष टोली भोलि स्वदेश फर्कन लागेका हुन्। नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दका अनुसार टोली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानमा उत्रने छन्।

यता, पुरुष टोलीका मुख्य प्रशिक्षक हान एबिङ भने बंगलादेशबाटै आफ्नो देश नेदरल्यान्ड्स जानेछन्। उनलाई बुधबारै नेपाल भलिबल संघका पदाधिकारीले बंगादेशमै बिदाइ गरेका छन्।

फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो। यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो। यता, पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदकविहीन बन्न पुगेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0