होबार्टको जितमा सन्दीपले शानदार बलिङ गर्दै लिए ३ विकेट

क्रिकेट

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने चम्किदा उनी आबद्द होबार्ट हरिकेन्सले बिग बास लिगमा जित निकालेको छ । बुधबार भएको खेलमा होबार्टले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हराएको हो ।

होबार्टले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको रेनेगेड्स १५ ओभर ५ बलमा १ सय २१ रनमा अलआउट भएको थियो । होबार्टका लागि सन्दीपले ३ ओभर ५ बलमा ३२ रन खर्चिएर ३ विकेट लिएका थिए ।

रेनेगेड्सका साम हार्परले सर्वाधिक ५७ रन जोडे । साथै, टम रोजर्सले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

होबार्टका बेन म्याकडेरमोटले शानदार सतक प्रहार गरे । उनले सर्वाधिक १ सय २७ रन जोडेका थिए भने टम डेभिडले ३० रन जोडे । यस जितसँगै होबार्ट १७ अंकका साथ तेस्रो स्थानमा रहेको छ । ५ अंक जोडेको रेनेगेड्स पुछारमा रहेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged