राष्ट्रिय भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

भलिबल

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली आज (बिहीबार) स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा लगायतको टोलीले खेलाडीहरुलाई स्वागत गरेका थिए ।टोलीलाई बाजागाजा सहित स्वागत गरिएको थियो ।

नेपाली महिला टोली लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रहन बाध्य भयो । उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0