युभेन्टसका लागि रोनाल्डोको छिटो सय गोलको रेकर्ड

फुटबल

काठमाडौं, ३० बैसाख । क्रिस्टियानो रोनाल्डोले क्लबका लागि गरेको एक सयौं गोलको सहयोगमा युभेन्टसले इटालीको ‘सिरी ए’ मा ससुलोलाई ३–१ ले हराएर च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कायम राख्यो ।

रोनाल्डो इटालियन क्लब युभेन्ट्सका लागि छिटो सय गोल पूरा गर्ने खेलाडी बनेका छन्। रोनाल्डोले १३१ खेलमा सय गोल पूरा गर्दै रोनाल्डोले युभेन्ट्सका लागि छिटो सय गोलको रेकर्ड बनाएका हुन्।

युभेन्टसका लागि रोनाल्डोसँगै एडरिन राबोट र पउलो ड्याबेलाले पनि गोल गरे । यो जितपछि युभेन्टस ३६ खेलबाट ७२ अंकमा पाँचौं स्थानमा रह्यो ।

बुधबारका अन्य खेलमा भने अंक तालिकाको शीर्ष तीनमा रहेका सबै टिम विजयी रहे । यसमध्ये लिग उपाधि जितिसकेको इन्टर मिलानले एएस रोमालाई ३–१, एटलान्टाले बेनेभन्टोलाई २–० र एसी मिलानले टुरिनोलाई ७–० ले हरायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *