रेलिगेसनमा संघर्ष गरिरहेको फ्रेन्ड्समाथि एनआरटीको रोमाञ्चक जित

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) ले फ्रेन्ड्स क्लबलाई हराएकाे छ । आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे दाेस्राे खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई तीन–दुई गोल अन्तरले हराएको हाे ।

दशरथ रङ्गशामा भएको खेलमा एनआरटीले पहिलाे हाफकाे २० मिनेटभित्रै दुई गाेल गर्‍याे । उसका लागि विदेशी खेलाडी स्टेफाने विनाेङ्गले खेलकाे पाँचाैँ मिनेटमा र अर्का विदेशी खेलाडी मिसुके ओलुमाेले २० औँ मिनेटमा गाेल गरे । पहिलाे हाफमा एनआरटी दुई–शून्यले अघि रह्याे ।

त्यसपछि खेलकाे ८० औँ मिनेटमा फ्रेन्ड्सका विदेशी खेलाडी जमाेल फ्रान्काेसले गाेल गर्दै टाेलीलाई खेलमा फर्काउने सङ्केत गरे । तर खेलकाे ९४ औँ मिनेटमा एनआरटीका मिसुके ओलुमाेले व्यक्तिगत दाेस्राे गाेल गर्दै अग्रता तीन–एकमा पुर्‍याए । फेरि ९७ औँ मिनेटमा फ्रेन्ड्सका विदेशी खेलाडी नाथलियल गार्सियाले गाेल गरेपछि नतिजा तीन–दुईमा टुङ्गियाे ।

एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले दुई गोल गरे । यस्तै स्टेभेन समिरले एक गोल थपे । फ्रेन्ड्सका जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए । जितसँगै एनआरटी सात खेलमा १० अङ्क जोड्दै तालिकाकाे पाँचाैँ स्थानमा उक्लकाे छ । समान खेलमा तीन अङ्क जाेडेकाे फ्रेन्ड्स पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0