वाट्फोर्डविरुद्ध टोटेनहमको कठिन जित

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा टोटेनहमले वाट्फोर्डमाथि १–० गोलको जित निकालेको हो।

वाट्फोर्डको मैदानमा सम्पन्न खेलमा टोटेनहमको जितमा डेभिनसन सान्चेजले निर्णायक गोल गरे। खेलको अन्तिममा सान्चेजले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

जितसँगै १८ खेलबाट ३३ अंक जोडेको टोटेनहम अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।पराजित वाट्फोर्ड १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *