क्रिकेट विवाद सुल्झियो ! कारबाही फिर्ता लिन तर सन्दीप नै कप्तान

क्रिकेट

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएकाे छ । क्यान पदाधीकारी र ज्ञानेन्द्र मल्लबीच आइतबार भएकाे छलफल सहमतिमा टुङ्गिएको हो । सहमतिअनुसार क्यानले खेलाडीमाथि गरेकाे कारबाही फिर्ता लिने भने खेलाडी साेमबारबाट बन्द प्रशिक्षणमा फर्कने छन् ।

आफूविरुद्व मिडियामा बाेलेकाे भन्दै मंसिर २९ गते बसेकाे क्यान बाेर्ड बैकठले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सन्दीप लामिछानेलाई कप्तान बनाउन निर्णय गरेकाे थियाे ।

यी दुईसँगै क्यानले साेमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झाैताबाट बाहिर राख्ने निर्णय पनि गरेकाे थियाे । खेलाडीमाथिकाे कारबाही हट्ने भए पनि कप्तान भने सन्दीप नै रहने भएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0