स्पेनिस ला लिगाको उपाधि नजिकै एट्लेटिको मड्रिड

फुटबल

काठमाडौं, वैशाख ३० : एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ । लिग अन्तर्गत गएरातिको खेलमा रियल सोसिडाडमाथि २–१ को जित निकाल्दै एथ्लेटिको मड्रिड सन् २०१४ पछि उपाधि नजिक पुगेको हो ।

एट्लेटिकोको जीतमा यानिक कारास्को र एल्जेल कोरियाले १-१ गोल गरेका थिए । सोसिडाडविरुद्ध एट्लेटिकोका यानिक कारास्कोले १६ मिनेटमा पहिलो गोल गरे। २८ मिनेटमा एन्जेल कोरिआले एट्लेटिकोको अग्रता दोब्बर पारे।

८३औं मिनेटमा इगर जुविल्डियाले गोल गदै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा एट्लेटिकोले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

एथ्लेटिको मड्रिडले अब बाँकी दुईमध्ये एक खेल जितेर रियल एक खेलमा पराजित भएमा एक खेलअगावै उपाधि विजेता बन्‍नेछ । रियलले बाँकी तीनवटै खेल जितेको खण्डमा एट्लेटिकोले पनि बाँकी दुवै खेल जित्‍नुपर्ने हुन्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *