सातदोबाटो पेनाल्टीमा चुक्दा हिमालयन शेर्पाको जित

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौँ : सातदोबाटो युथ क्लब यसैपटक सहिद स्मारक ए डिभिजन लिगमा उक्लिएको हो । नवप्रवेशी टिम भए पनि लिगको सुरुवात उसले बलियो ढंगले गर्‍यो ।सुरुवाती तीन खेलबाट सातदोबाटोले सात अंक बटुल्न सफल भयो । तर सातदोबाटोभन्दा अनुभवी हिमालयन शेर्पा क्लबले भने सोचेअनुसारको नतिजा निकाल्न सकेन ।

युगल किशोर राईको प्रशिक्षणमा खेलिरहेको हिमालयन शेर्पाले सुरुवाती तीन खेलमध्ये एकमा मात्रै जित दर्ता गर्न सक्यो । चौथो खेलमा मछिन्द्र क्लबसँग ३–० ले पराजित भयो । तर त्यसपछिका तीन खेलमा भने हिमालयन शेर्पा जागेको देखियो । तर उता सातदोबाटाले भने हिमालयन शेर्पाको भन्दा फरक बाटो समातेको देखियो । चौथो चरणदेखि सातौँ चरणका कुनै पनि खेल सातदाबाटोले जित्न सकेन ।

सोमबार दशरथ रंगशालामा सातदोबाटोले लिगको तेस्रो हार बेहोर्‍यो । उसलाई पराजित गर्ने टिम हिमालयन शेर्पा थियो । खेलको एक मात्र गोल विश्वास श्रेष्ठले गरे । हिमालयन शेर्पाका कप्तान विश्वासले पहिलो हाफको उत्तर्राद्धमा गोल गरे । यो जितसँगै हिमालयन शेर्पा ११ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजित सातदोबाटोको भने आठ अंक छ । हारसँगै आठौँ स्थानमा झरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0