अलमुताइरीले बन्द प्रशिक्षणमा बोलाए ३४ खेलाडी, कुन क्लबका कति खेलाडी परे?

फुटबल

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाएका छन् । नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ ​​मा पूर्वी अफ्रिकन देश मरिससविरुद्व दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

राष्ट्रिय टोली पछिल्लो पटक अक्टोबर १६ मा साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक क्षेत्रीय प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अल्मुताइरीले विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टिकेन्द्र थापा आशिष लामा, आयुस घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, बिमल घर्तीमगरलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

यस्तै, प्रशिक्षणमा विशाल राई, दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नविन गुरुङ, नितिस थापालाई पनि बोलाइएको छ ।

पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ पनि प्रशिक्षणमा बोलाइनेको सूचीमा छन् ।

खेलको समय र स्थानको बारेमा एन्फाले केही पनि उल्लेख गरेको छैन । यस्तै उसले बन्द प्रशिक्षणको समय पनि विज्ञप्तिमा जनाएको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
0
+1
1
+1
0
+1
3
+1
1