हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो, शेर्पासँग सातदोबाटो पराजित

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं, पुष १९ । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार शहीद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो ।

४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । यससँगै सात खेल खेलेका हिमालयन शेर्पाको ११ अंक भएको छ । जारी लिगमा सातौं चरणका खेल पनि सकिएका छन् ।

सातौं चरणको खेलपश्चात मच्छिन्द्र क्लबले शीर्ष स्थान कायम गर्दा मनाङ मस्र्याङ्दी एक अंकले पछि रहँदै दोस्रो स्थानमा छ । संकटा १३ अंकका साथ तालिको तेस्रो स्थानमा अटाउँदा आर्मी ११ अंकका साथ चौथो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0