अन्तर्वार्ताका माफी मागेपछि लुकाकु चेल्सीको टिममा फर्किए

फुटबल

काठमाडौँ । रोमेलु लुकाकु चेल्सीको टिममा फर्किएका छन् । विवादस्पद अन्तर्वार्ताका कारण पछिल्लो खेलमा चेल्सीको टिमबात बाहिर राखिएका लुकाकुसँग मुख्य प्रशिक्षक थोमस टुचेलले कुराकानी गरेपछि टिममा फर्किएका हुन् । प्रशिक्षक टुचेलले लुकाकु टिममा फर्किएको बताएका छन् ।

लिभरपुलविरुद्ध टिममा नपरेका लुकाकुको चेल्सीमा भविष्य के होला भन्ने कौतुहलताका बिच लुकाकुले अन्तर्वार्ताका लागि माफी मागेपछि उनलाई टिममा फर्काउन प्रशिक्षक सहमत भएका हुन् ।

लुकाकुको विषयमा कुरा गर्दै टुचेलले भने- ‘सबैभन्दा पहिले, हामीले यसलाई शान्तपूर्वक हेर्नको लागि समय निकालेकोमा हामी खुसी छौं, उनले माफी मागे र आज प्रशिक्षणको लागि टोलीमा फर्किएका छन् ।’

टुचेलले लुकाकुले गल्ति गरेको भन्दै यसले टिमलाई नै असर गरेको बताउदै अब यो विषय समाधान भएको बताए । लुकाकुलाई के भएको हो भन्ने राम्रोसँग थाहा भएको बताउदै टुचेलले आफुले उनलाई दोष दिएर उनको नकारात्मक पक्षलाई मात्र नऔंल्याउने बताए ।

लुकाकुले स्काई स्पोर्ट्स इटालियालाई दिएको अन्तर्वार्तामा आफु चेल्सीमा खुशी नभएको बताउदै इन्टर मिलान फर्किन चाहेको बताएका थिए । सो अन्तर्वार्तापछि प्रशिक्षक टुचेलले उनलाई लिभरपुलविरुद्धको प्रिमियर लिगको खेलबाट बाहिर राखेका थिए ।

अब यो विषय शान्त भएसँगै काराबाओ कपको सेमिफाइनलमा बुधबार लन्डनका प्रतिद्वन्द्वी टोटनह्यामविरुद्धको खेलमा लुकाकु खेल्न सक्ने अनुमान गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0