आईसीसी वरियतामा विलियम्सन शिर्ष स्थानमा यथावत

क्रिकेट

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको शीर्ष स्थानमा यथावत रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् ।

नयाँ वरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा यथावत छन्। वरियताको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने, चौथोमा इंग्ल्यान्डका जोय रुट र पाँचौ स्थानमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन्।

यस्तै बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । वरियतामा भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका निल वाग्नेर तेस्रो, इंग्ल्यान्डका जेम्स एण्डरसन चौंथो र अष्ट्रेलियाका जोस हाजलउड पाँचौं स्थानमा रहेका छन् । त्यसैगरी, अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *