बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो अबको यात्रा कता ?

फुटबल

काठमाडौं : बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्होले इङ्लिस प्रिमियर लिगमा फर्किने संकेत गरेका छन्। बार्सिलोना कौटिन्होलाई बेचेर नयाँ खेलाडी फेरान टोरेससहित अन्य खेलाडी ला लिगामा भित्र्याउन चाहिरहेको छ।

बितेका दुई सिजनका १३ खेलमा मात्रै मौका पाएका कौटिन्हो पर्याप्त समय फुटबल खेल्नका लागि क्लब छाड्ने मनस्थितिमा रहेका छन्। यता, आर्थिक भार थोग्न नसकेको बार्सिलोना उनलाई दिने तलबबाट नयाँ खेलाडी भित्र्याउने योजनामा छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार क्षमतासँगै उनले माग गर्ने पारिश्रमिकका कारण पनि उनी ब्राजिल फर्किने सम्भावना कम छ। त्यसैले अबको गन्तव्य इङ्लिस प्रिमियर लिगतर्फ नै हुनेछ। उनीमाथि इङ्लिस क्लवहरू एस्टन भिल्ला, एभर्टन र पूर्वक्लब लिभरपुलले चासो देखाइरहेका छन्।

तर, उनी लिभरपुलभन्दा भिल्ला जान इच्छुक देखिएका छन्। उनी लिभरपुलबाट खेल्दा कप्तानी भूमिका निर्वाह गरेका स्टेभन जेरार्ड अहिले भिल्लाका मुख्य प्रशिक्षक छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0