पाकिस्तानी फास्ट बलरले आमिर बेलायतको नागरिकता बनाउने प्रकृयामा

क्रिकेट

काठमाडौं । पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले गत वर्ष २८ वर्षको उमेरमा अचानक क्रिकेटबाट संन्यास लिने घोषणा गरे। उनको यस निर्णयले क्रिकेट फ्यानहरूलाई ठूलो झटका लाग्यो। आमिर यतिबेला आफ्नो सम्पुर्ण परिवार सहित बेलायतमा बस्दै आएका छन् ।

गत वर्ष आमिरले पाकिस्तानी व्यवस्थापन विरुद्ध केही गम्भीर आरोप लगाएका थिए, जसका कारण उनले क्रिकेटलाई अलविदा भनेका थिए। त्यस्तै वर्तमान व्यवस्थापनमा परिवर्तन भए फेरि क्रिकेटमा फर्कने बताएका थिए । यसैबिच आमिरले बेलायति नगरिकताको लागि प्रकृया थालेका छन् । यदि आमिरले बेलायति नागरिकता पाउन सके भने उनि आईपिएलमा समेत सहभागी हुनेछन् ।

आमिरले हालै एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई युनाइटेड किंन्डममा अनिश्चित समयका लागि बस्न अनुमति दिइएको छ। म यी दिनहरूमा मेरो क्रिकेट अधिक रमाइलो गर्दैछु र म आगामी ६–७ वर्ष खेल्ने उद्देश्य राख्छु। मेरा बच्चाहरू इंग्ल्याण्डमा हुर्कदैछन्, यहाँ अध्ययन पनि गर्छन्। यस्तो अवस्थामा म अधिकभन्दा अधिक समय यहाँ खर्च गर्छु भन्नेमा कुनै शंका छैन।

बेलायती नागरिकता पाउने आफ्नो योजनाको बारेमा बोल्दै आमिरले भने ‘म धेरै किसिमका चुनौती र सम्भावनाहरूको खोजी गर्दैछु। मैले बेलायती नागरिकता पाउँदा कसरी हुन्छ भनेर मैले हेर्नै पर्छ।’ पाकिस्तान क्रिकेटबाट सन्यास लिने कुरा सहिजो थिएन । मैले यस निर्णयको बारेमा धेरै सोचें, मैले नजिकका व्यक्तिहरूसँग कुरा गरें र त्यस पछाडि मात्र म यस निर्णयमा पुगेँ। मलाई आशा छ कि हाम्रा खेलाडीहरू, विशेष गरी युवाहरूले भविष्यमा मैले सामना गर्नु परेको समष्या सामना गर्नुपर्दैन। किनकि म हाम्रा युवा खेलाडीहरू निराश भएको हेर्न चाहन्न ।

स्मरण रहोस् बीसीसीआईले पाकिस्तानका खेलाडीहरुलाई दोस्रो आईपीएल सत्रदेखि भाग लिन अनुमति दिएको छैन । पाकिस्तानका पूर्व आलराउन्डर अजहर मेहमूदले पछि बेलायतस नागरिकता प्राप्त गरेपछि आईपिएल खेल्ने खेल्ने मौका पाएका थिए । उनी पंजाब किंग्स र कोलकाता नाइट राइडर्सको लागि आईपिएल खेलेका थिए । अब आमिरले पनि बेलायति नागरिकता पाए भने आईपिएल खेल्ने बाटो खुल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged