महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

समाचार

काठमाडौं । साफ महिला च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को शुक्रबार बसेको कंग्रेसले साफ महिला आगामी अगष्ट १२ देखि २४ सम्म नेपालमा आयोजना गर्न प्रस्ताव गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौं संस्करण आयोजना गरेको थियो । साफका अध्यक्ष काजी मोहम्मद सलाउद्दिनको अध्यक्षतामा बसेको बैठकले २०२२ मा आयोजना हुने विभिन्न प्रतियोगिताको मिति परिमार्जन समेत गरेको छ ।

परिमार्जन गरिएको तालिका अनुसार साफ यू-१८ महिला च्याम्पियनसिप मार्च १५ देखि २६ सम्म भारतमा हुनेछ । यस्तै साफ यू-२० च्याम्पियनसिप पनि भारतमै जुलाई २५ देखि अगस्ट ५ सम्म हुनेछ । साफ यू-१७ च्याम्पियनसिप श्रीलंकामा सेप्टेम्बर ५ देखि १६ सम हुनेछ । साफ यू-१५ महिला च्याम्पियनसिपको मिति भने तय हुन बाँकी रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.