के रियलका पुर्व प्रशिक्षक जिदान पिएसजीको प्रशिक्षक बन्न लागेका हुन् ?

फुटबल

काठमाडौँ । रियल म्याड्रिडका पुर्व प्रशिक्षक जिनेदिन जिदान पिएसजीको प्रशिक्षक बन्न थालेको मिडिया रिपोर्ट सार्बजनिक भएका छन् । माउरिसियो पोचेट्टीनोको स्थान लिन जिदानलाई मनाउन पिएसजीको व्यवस्थापन लागिरहेको फ्रेन्च मिडियाहरुले उल्लेख गरेपछि जिदानको पिएसजी जाने चर्चा बढेको हो ।

स्टार खेलाडीहरु थुपारेको पिएसजीले अपेक्षा अनुरुप प्रदर्शन नगरेको भन्दै प्रशिक्षक पोचेट्टीनोको आलोचना भैरहेको बेला जिदानको चर्चा भएको छ । त्यस्तै अर्जेन्टिनी पोचेट्टीनोलाई म्यानचेस्टर युनाइटेडले आफ्नो प्रमुख प्रथामिकतामा राखेपछि पिएसजीले उनको विकल्प खोजेको बताइएको छ ।

यस अघि लियोनेल मेसी पिएसजी जाने खबर ब्रेकगरेका खेल पत्रकार डेनियल रियोलोले जिदान पिएसजीको प्रशिक्षक बन्ने विषय बाहिर ल्याएका छन् । उनका अनुसार पिएसजीले यस सिजनको अन्त्यमा जिदानलाई भित्र्याउने तयारी गरेको छ । जिदानले गत मे मा रियल म्याड्रिड छोडेपछि आगामी विश्वकप पछि फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षक बन्नका कुनै क्लबमा नगएको रिपोर्ट आएको थियो । योसँगै मेसी र निइमारसहितका खेलाडीको प्रशिक्षक बन्दा जिदानले राम्रो नतिजा निकाल्न सक्ने विश्लेषण पनि शुरु भएको छ ।

जिदान पिएसजी आउने चर्चा सँगै फ्रान्सका युवा स्ट्राइकर किलीयन एम्बाप्पे रियल म्याड्रिड जाने चर्चा पनि उतिकै रुपमा भैरहेको छ । पिएसजीका फ्यानहरुले जिदान आउने भएपछि एम्बाप्पे पिएसजीमै बस्नसक्ने आशा राखेपनि यस सिजनको अन्त्यसँगै एम्बाप्पे रियल म्याड्रिड जाने लगभग तयनै भएको बताइएको छ ।

यस सिजनको शुरुमै एम्बाप्पेलाई भित्र्याउने प्रयास गरेको रियल म्याड्रिडको अफरलाई पिएसजीले अस्वीकार गरेपछि उनको ट्रान्सफर रोकिएको थियो । अहिले एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण गरेका छैनन् र उनको सम्झौता आगामी जुनमा सकिदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0