दिनेश हेन्जनको निर्णायक गोलमा आर्मीद्वारा एनआरटी पराजित

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले जित पक्का गरेको हो ।

आर्मीको जितमा दिनेश हेन्जनको निर्णायक बन्यो । दिनेशले खेलको १७औं मिनेटमा गोल गर्दै आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

आर्मीले लगातार तीन बराबरी खेलेपछि महत्वपूर्ण जित निकालेको हो । जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी लिगको चौंथो स्थानमा रहेको छ । एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश चुनिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0