अफिजकाे ह्याट्रिकमा च्यासल युथ क्लबमाथि मनाङकाे फराकिलाे जित

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएकाे छ । मनाङले पाेखरा रंगशालामा च्यासल युथ क्लबमाथि ५-० काे फराकिलाे जित हात पारेकाे हाे ।

मनाङलाई जित दिलाउन ओलावाले अफिजले ह्याट्रिक पूरा गर्दा एडिलाजा सोमिडे र दिनेश राजवंशीले १-१ गाेल गरे । खेलको तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा अफिजले मनाङकाे अग्रता दोब्बर बनाए ।

८६ औं दिनेशले गाेल गर्दा मनाङ ३-० ले अगाडी बढ्याे । थप गरिएकाे समयमा दुई गाेल गर्दै अफिजले आफ्नो ह्याट्रिक पूरा गरेपछि मनाङले फराकिलाे जित हात पारेकाे हाे । याे नतिजासँगै मनाङ ८ खेलमा १९ अंक जाेडेर दोस्रो तथा च्यासल ५ अंकका साथ १३ औं स्थानमा कायम छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0