टि-२० बिश्वकपमा २० देशलाई खेलाउने आईसिसीको योजना, नेपाललाई फाईदा ?

क्रिकेट

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) टि-ट्वान्टी विश्वकपमा २० टिम खेलाउने दिसामा अघि बढेको छ । क्रिकेट खेललाई बिश्वभरी फैलाउने प्रयास स्वरूप आईसिसीले टि-२० बिश्वकपमा टिम संख्या बढाउन लागेको हो। आईसिसीले यो योजना लागु गरे नेपाललाई ठुलो फाईदा पुग्नेछ । नेपाल आईसिसीको टि-२० बरितामा टेस्टराष्ट्रपछि एशोसियट तर्फ नम्बर एक स्थानमा छ । त्यसैले बिश्वकपमा २० टिम सहभागी भए भने नेपालले पनि बिश्वकप खेल्ने पक्का छ ।

यो बर्ष टि-ट्वान्टी विश्वकप अक्टोबरमा आयोजना भारतमा आयोजना हुने तय गरिएको छ । जसमा १६ वटा टिमहरु सहभागी हुँदैछन्। तर कोरोना महामारीको कारण बिश्वकप भारतबाट युएईमा सार्ने खबरहरु पनि आईरहेका छन् । यसअघि भारतमा भएको आईपिएललाई पनि बिचमै रोक्नु परेको थियो ।

उता २०२४ को टि-२० बिश्वकपमा भने टिम संख्या १६ बाट बढाएर २० मा पुर्याउने योजनामा लागेको क्रिकइन्फोले बताएको छ । ईएसपीएनक्रिक्इन्फोका अनुसार प्रतियोगितामा सहभागी २० वटा टिमलाई एउटा समुहमा पाँचवटा टिम रहने गरि ४ वटा समुह बनाएर सुरुवाती चरण खेलाइनेछ।

आईसीसीले क्रिकेटको छोटो फर्म्याटलाई विश्वव्यापी बनाउन बिभिन्न कामहरु गरिरहेको छ । टि-२० मा टिम संख्या बढाउने कुरापनि त्यो मध्ये हो । आईसीसीले यसअघि पनि महिला प्रतियोगिताहरुमा टिम संख्या बढाउने घोषणा नै गरिसकेको छ। यस्तै ओलम्पिकमा क्रिकेटलाई संलग्न गराउन पनि आईसिसी लागि परेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0