७ वर्ष पछि जगजित श्रेष्ठ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

फुटबल

काठमाडौं । मिडफिल्डर जगजित श्रेष्ठलाई नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि बोलाइएको छ। प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि घोषणा गरेको प्रारम्भिक टिममा जगजित थिएनन्। प्रारम्भिक टिम घोषणा गरेको झण्डै एक सातापछि अलमुताइरीले जगजितलाई पनि टिममा बोलाएका हुन्।

जगजित सिजनको ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्। अस्ट्रेलियामा बस्दै आएका उनी लिगका लागि नेपाल फर्किएका हुन्। सन् २०११ मा राष्ट्रिय टिममा डेब्यू गरेका २८ वर्षीय जगजितले राष्ट्रिय टिमबाट २६ खेल खेल्दा १ गोल गरेका छन्। सन् २०१५ देखि भने उनी टिममा छैनन्।

प्रशिक्षक अलमुताइरीले जगजितसँगै च्यासल युथ क्लबका आशिस राईलाई पनि स्थान दिएका छन्। यता चोटका कारण आर्मीका मिडफिल्डर सन्तोष तामाङ भने प्रारम्भिक टिमबाट बाहिरिएका छन्।

नेपालले आगामी महिना अफ्रिकी राष्ट्रि मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछ। फिफाको क्यालेन्डर मितिमा हुने खेलहरू आगामी जनावरी २९ र फेब्रुअरी १ मा हुँदैछ। दुवै खेल दशरथ रंगशालामा हुने बताइएको छ।

नेपालको प्रारम्भिक टिम

विशाल श्रेष्ठ- गोलकिपर (मछिन्द्र फुटबल क्लब)
दिप कार्की- गोलकिपर (हिमालयन शेर्पा)
किरण कुमार लिम्बु- गोलकिपर (माजिया एफसी)
सत्रुघन चौधरी- गोलकिपर (नेपाल पुलिस क्लब)
टिकेन्द्र थापा- गोल किपर (जावलाखेल युथ क्लब)
आशिष लामा- (एपिएफ)
आशिष राई – (च्यासल युथ क्लब)
आयुष घलान- (थ्रीस्टार)
आकाश बुढामगर- (सातदोबाटो युथ क्लब)
अन्नत तामाङ- (थ्रीस्टार)
अञ्जन विष्ट- (मनाङ मर्स्याङ्दी क्लव)
एरिक विष्ट- (एनआरटी)
विमल घर्तीमगर- (मछिन्द्र फुटबल क्लब)
विशाल राई-(मछिन्द्र फुटबल क्लब)
दर्शन गुरूङ-(एनआरटी)
देवेन्द्र तामाङ- (मछिन्द्र फुटबल क्लब)
दिनेश हेमजन- (त्रिभुवन आर्मी क्लब)
दिनेश राजवंशी- (मनाङ मर्स्याङ्दी क्लब)
गौतम श्रेष्ठ – (त्रिभुवन आर्मी क्लव)
जगजित श्रेष्ठ – (त्रिभुवन आर्मी क्लब)
कमल थापा- (हिमालयन शेर्पा क्लब)
कृतिश रत्न छुन्जु – (एनआरटी)
मनिष डाँगी-(मछिन्द्र फुटबल क्लब)
नविन गुरुङ- (एनआरटी)
नितिन थापा- (मनाङ मर्स्याङ्दी क्लब)
पुजन उपरकोटी- (मनाङ मर्स्याङ्दी क्लब)
शुभाष गुरूङ- (संकटा क्लब)
सुदिप गुरूङ- (सातदोबाटो युव क्लब)
सुजल श्रेष्ठ -(मछिन्द्र फुटबल क्लब)
सुमन अर्याल-(त्रिभुवन आर्मी क्लब)
सुमन लामा- (नेपाल पुलिस क्लब)
सुनिल बल-(मछिन्द्र फुटबल क्लब)
सुरज ज्यू ठकुरी- (जावलाखेल युथ क्लब)
सुशील राई- (सातदोबाटो युव क्लब)
तेज तामाङ- (नेपाल पुलिस क्लब)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0