युनाइटेड एफए कपको चौथो चरणमा, स्टार क्रिस्टियानो रोनाल्डो टोलीमा अनुपस्थित

फुटबल

एजेन्सी । एस्न भिल्लालाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्कट म्याकटोमिनीले आठौँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । अब युनाइटेडले मिडल्सब्रोको सामना गर्नेछ ।

उता, स्टेभन जेरार्डको नेतृत्वमा रहेको भिल्ला भने अभागी साबित भयो । दोस्रो हाफमा भिल्लाको दुईवटा गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । रद्द गरिएको पहिलो गोल भने विवादीत बन्न पुग्यो ।

एफए कपमा भिल्लाको प्रदर्शन पछिल्लो पटक निराशजनक रहँदै आएको छ । पछिल्लोपटक भिल्ला तेस्रो चरणमा विजयी भएको सन् २०१६ मा हो । सोमबारको खेलमा युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डो टोलीमा अनुपस्थित थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1