एसी मिलानका स्टार इब्राहिमोविचले बराबरी गरे रोनाल्डोको कीर्तिमान

फुटबल

काठमाडौं : एसी मिलानका स्टार ज्लाटान इब्राहिमोविचले क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमान बराबरी गरेका छन् । इटालियन सिरिए ए मा भेनेजियाविरुद्ध गोल गर्दै इब्राहिमोविचले युरोपका मुख्य लिगमा ८० वटा विभिन्न क्लबविरुद्ध गोल गर्दै सो कीर्तिमान बराबरी गरेका हुन् ।

यो उपलब्धि हासिल गर्ने रोनाल्डोपछि उनी मात्र दोस्रो खेलाडी हुन् । युभेन्टसबाट ओल्ड ट्राफोडमा फर्किएपछि गत डिसेम्बर ३० मा बर्नलीविरुद्ध गोल गर्दै रोनाल्डोले सो कीर्तिमान बनाएका थिए । युरोपको उत्कृष्ट सेन्टर फरवार्ड मानिने इब्राहिमोविचले २२ वर्षे आफ्नो करियरमा युरोपका विभिन्न लिगमा खेल्ने अवसर प्राप्त गरेका छन् ।

४० वर्षको उमेरमा पनि उनी अझै रोकिने मुडमा देखिएका छैनन् । जनवरी २०२० मा एसी मिलानमा दोस्रोपटक भित्रिएका इब्राले त्यसयता ३६ गोल गरिसकेका छन् । सन् १९९९ मा माल्मोबाट आफ्नो करियरको सुरुवात गरेका उनले केही समय अमेरिकामा एलए ग्यालेक्सीबाट पनि खेलेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
2
+1
1
+1
2
+1
1
+1
1