गोल्डेन बुटको दौडमा थपिए आफिज ओलावाले

Uncategorized

काठमाडौं । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जितनै जारी सहिद स्मारक ए डिभिजन लिग(२०७८ को ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे ।

योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच गोल गरे । मछिन्द्रका सुनिल बलले समेत पाँच गोल गरेका छन् । अब, लिगमा गोल्डेन बुटको दौडमा यी नै दुई खेलाडी रहे । दुई खेलाडीलाई पछ्याउने क्रममा अर्का ह्याट्रिककर्ता संकटाका अजयी मार्टिन्स, एपीएफ फुटबल क्लबका आशिष लामा रहे ।

जारी लिगमा आठ मध्ये सात खेलमा पूरा समय खेलेका आफिजले च्यासलविरुद्ध ह्याट्रिक गर्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्सविरुद्ध एक एक गोल गरे । संकटा र नेपाल पुलिस क्लबविरुद्ध दुई पहेँलो कार्ड पाएपछि मछिन्द्र फुटबल क्लबविरुद्ध भने आफिज निलम्बनमा परे ।

संकटाका डिफेण्डर निरज बस्नेतसहित १० खेलाडीले तीन गोल गरेका छन् । दुई गोल गर्नेमा १० खेलाडी छन् । यस्तै एक गोल गर्ने खेलाडी ३५ जना रहँदा आत्माघाती गोल गर्ने खेलाडी चार छन् ।आठौं चरणको खेल सकिँदा ६३ खेलाडीले १०७ गोल गरे । जहाँ ५६ खेल भए । सिंगल राउण्ड रोबिनको लिगमा ९१ खेल हुनेछन् । जहाँ दुई टोली रेलिगेशन हुनेछन् भने एक टोली विजेता हुनेछ । यसपटक समयमै लिग नहुँदा सातौँ चरणमा शीर्षस्थानमा रहँदा मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनायो ।

आठौँ चरणमा सातमध्ये तीन खेल नतिजाविहीन रह्यो । विभागीय एपीएफ फुटबल क्लब र जावलाखेलले गोलरहित बराबरी खेले भने नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेले । सातौँ चरणमा कुल १३ गोल भए ।फ्रेन्ड्सविरुद्ध पाएको आत्माघाती गोलसँगै मछिन्द्र क्लब शीर्ष स्थानमा २० अंकसहित छ । च्यासलविरुद्ध पाँच गोल गरेको मनाङ गोल अन्तर बढाउँदा १९ अंकसहित दोस्रो स्थानमा छ । समान १४ अंकका संकटा र आर्मी तेस्रो र चौथो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0