साउथह्याम्टनद्वारा ब्रेन्टफर्ड पराजित

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २-१ ले अघि रह्यो ।

खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जा र ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४-१ ले विजयी भएको हो । यस जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेको छ भने ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0