जर्मन कपको उपाधि बोरुसिया डर्टमण्डले जित्यो

फुटबल

एजेन्सी। इर्लिङ हालान्ड र जाडोन सान्चोले समान दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले आरबी लाइपजिगलाई ४–१ ले हराउँदै जर्मन कपको उपाधि उचालेको छ।

बर्लिनमा भएको फाइनलको पाँचौं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । हालान्डले २८ औं मिनेटमा गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । सान्चोले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए ।

७१ औं मिनेटमा डानिलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए । ८७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४–१ को जित दिलाए ।

डर्टमण्डको यो पाँचौं जर्मन कप उपाधि हो। सन् १९६५ मा पहिलो उपाधि जितेको डर्टमण्डले पछिल्लो पटक २०१७ मा उपाधि जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0