नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

समाचार

काठमाडौं : नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ । टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो । फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छैन ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *