नेपालका प्रिन्स दाहाल विश्वकै नम्बर एक जुनियर ब्याडमिन्टन खेलाडी’

समाचार

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगकाे छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् ।

विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो । पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्सले धेरै खुसी व्यक्त गर्दै यसले अझै राम्रो गर्न प्रेरणा दिने बताएका छन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार पाँच सय अङ्क छ ।

मलेसियाका जस्टिन होह नाै हजार पाँच सय ९० अङ्कसहित दोस्रो स्थानमा रहँदा मलेसियाकै माेहम्मद रजिफ ६ हजार नाै सय २५ अङ्कसहित तेस्राे स्थानमा छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
1
+1
1
+1
2
+1
0
+1
0