युभेन्ट्सलाई २–१ ले हराउँदै इन्टर मिलान सुपर कप च्याम्पियन

फुटबल

काठमाडौं । इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरेका थिए भने युभेन्ट्सका वेस्टन म्याकेनीले गोल गरेका थिए । खेलको २५ औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ३५ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको अतिरिक्त समय १ सय २१ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए । इन्टरले २०१० पछि पहिलो पटक सुपर कप जितेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0