बार्सिलोनालाई हराउँदै रियल मड्रिड सुपर कपको फाइनलमा

फुटबल

काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३(२ को रोमाञ्चक जित हात पारेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले एक/एक गोल गरे । बार्सिलोनाका लागि लुक डि जोङ र अन्सु फातीले एक/एक गोल फर्काए । २५ औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता लिएको थियो ।

४१ औं मिनेटमा डि जोङले खेललाई एक/एक को बराबरीमा ल्याए । ७२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ ले अघि बढाए । ८३ औं मिनेटमा अन्सु फातीले बार्सिलोनालाई दुई/दुईको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको आठौं (९८ औं) मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई रोमाञ्चक जित दिलाए । उसले उपाधिका लागि १७ जनवरीमा एटलेटिको मड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0