टोटेनहमलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा

फुटबल

काठमाडौं : टोटेनहम हटस्परलाई पराजित गर्दै चेल्सी इएफएल (कारवाओ) कपको फाइनलमा प्रवेश गरेको छ। प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहमलाई दोस्रो लेगमा १–० को तथा समग्रमा ३–० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो। पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा २–० को जित निकालेको थियो।

दोस्रो लेगमा चेल्सीले घरेलु टोली टोटेनहमलाई १–० ले हराएको हो। खेलको पहिलो हाफमा एन्टेनियो रुडिगरले गरेको गोल नै निर्णायक बन्यो। बुधबार राति सम्पन्न खेलमा रुडिगरले खेलको १८औं मिनेटमा मासन माउन्टको पासमा गोल गरेका थिए।

खेलमा टोटेनहमको दुई पटकको पेनाल्टी अपिललाई भिएआरले मान्यता दिएन। ६३औं मिनेटमा ह्यारी केनले गोल गरेपनि अफसाइड ठहरिँदा उनको गोलले मान्यता पाएन।

अब चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेतासँग २७ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ। लिभरपुल र आर्सनलबीचको दुवै लेगको खेल बाँकी रहेको छ। पहिलो लेग आज (बिहीबार) राति तथा दोस्रो लेग २० जनवरीको राति हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0