अष्ट्रेलियामा पुन: चम्किए सन्दीप, दुई विकेट लिदै होबार्टलाई जिताए

क्रिकेट

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई नाै रनले पराजित गरेको छ । हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सन्दीपले सिड्नीका होल्टलाई १७ रन र नाथन म्याकएन्ड्रियूलाई ३० रनमा आउट गरे। दुवैलाई उनले १८ ओभरको पहिलो र चौथो बलमा आउट गरेका थिए।

बिहीवार मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो । जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0