एट्लेटिकाेमाथि राेमाञ्चक जित निकाल्दै एथलेटिक क्लब बिल्वाओ फाइनलमा

फुटबल

काठमाडौं : साविक विजेता एथ्लेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। एथ्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै बिल्वाओ उपाधि नजिक पुगेको हो।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बिल्वाओको जितमा यारे अल्भारेज र निको विलियम्सले गोल गर्दा एथ्लेटिकोले एक गोल उपहार पाएको थियो।

खेलको सबै तीन गोल दोस्रो हाफमा भएको थियो। खेलको ६२औं मिनेटमा गोलरक्षक युनाई सिमोनको आत्मघाती गोलबाट एथ्लेटिकोले सुरुवाती अग्रता लिएको थियो।

खेलको ७७औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले इकर मुनिएनको पासमा गोल गरेका थिए। त्यसपछि ८१औं मिनेटमा निको विलियम्सले ड्यानी गार्सियाको पासमा गोल गर्दै बिल्वाओलाई खेलमा २–१ को स्थितिमा पुर्याए।

त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुन सफल भयो। इन्ज्युरी समयको अन्तिममा एथ्लेटिको १० खेलाडीमा समेटिन पुगेको थियो। जोश जिमिनेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

अब बिल्वाओले उपाधिका लागि रियल मड्रिडको सामना गर्नेछ। रियल बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनल आइतबार राति हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0