‘ए’ डिभिजन लिग : आर्मीको अपराजित यात्रा जारी‚ फ्रेन्ड्सविरुद्ध ३-१ ले विजयी

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौ : त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।

आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक–एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए । खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५औँ मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–० गोलको अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे ।

दोस्रो हाफको सुरुवातमै फ्रेन्ड्सले एक गोल फर्कायो । आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।

यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ । यस हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.