लंका प्रिमियर लिगको मिति घोषणा, कुशलको लागि खुल्ला त ढोका ?

क्रिकेट

काठमाडौं : केहि समय अगाडि कोरोना महामारीको कारण भारतको चर्चित क्रिकेट लिग आईपिएल बिचमै स्थगित भयो । त्यपछि फ्रेन्चायी लिगहरुको भबिष्य नै संकटमा परेको चर्चा हुने गरेको छ । तर भारतकै छिमेकी देश श्रीलंकाले भने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल)को सुरू हुने मिति घोषणा भएको छ । श्रीलंका क्रिकेट बोर्डका अनुसार दोस्रो शिजनको लंका प्रिमियर लिग (एलपीएल) ३० जुलाईदेखि २२ अगस्टसम्म हुनेछ ।

गत बर्ष पहिलो पटक लंका प्रिमियर लिग (एलपीएल) सफलता पुर्वक आयोजना गरिएको थियो । जहाँ बिश्वभरीका क्रिकेटरले बिभिन्न पाँच टिमले सहभागिता जनाएका थिए । कोलोम्बो लायन्स, दम्बुल्ला हक्स, गाले ग्ल्याडीएटर्स, जाफ्ना कोब्राज र क्यान्डी टस्कर्स गरि लिगमा ५ टिमहरु सहभागी प्रतियोगिताको उपाधी भने जाफ्ना स्टालियन्सले जितेको थियो । उसले फाईनलमा गाल ग्दाडियटर्सलाई हराउँदै पहिलो संस्करणको उपाधि जितेको हो ।

पहिलो संस्करणको अक्सनमा दुई नेपाली खेलाडी

पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल)को अक्सनमा नेपालबाट सन्दिप लामिछाने र सुनाम गौतमा सहभागी थिए । क्लासिक, डायमण्ड, गोल्ड, इमर्जिंग र आइकन गरि वर्गीकरण गरिएको पहिलो संस्करणमा सन्दीप भने डायमण्ड क्याटोगोरी मा समावेश थिए । उक्त क्याटोगोरी मूल्य ५० हजार देखि ५९,९९९ डलर रहेको थियो । यस्तै सुनम गौतम ‘क्लासिक’ श्रेणीमा रहेका थिए । जसको मूल्य १५ हजार देखि २४,९९९ डलर रहेको थियो । तर दुबै खेलाडीलाई लिन कुनै पनि टिमले चासो देखाएनन् ।

कुशलको लागि खुल्ला त ढोका ?

दोस्रो लंका प्रिमियर लिग (एलपीएल) मा भने केहि नेपाली खेलाडीले पनि खेल्ने आश गरिएको छ । बिशेष गरि कुशल भुर्तल एलपिएल खेल्ने संम्भावना छ । वैशाखमा घरेलु मैदानमा भएको टी-२० त्रिकोणात्मक सिरिजमा शानदार प्रशर्दन गर्दै बिश्व रेकर्ड बनाएका कुशलको बिश्वभरी चर्चाभईरहेको छ । त्यसैले पनि उनले लंका प्रिमियर लिग खेल्न सक्ने अनुमान गरिएको छ ।

त्यस्तै नेपालका स्टार स्पिनर सन्दिप लामिछानेले भने लंका प्रिमियर लिग खेल्ने संम्भावना एकदमै कम छ । इंग्ल्याण्डमा हुने ‘द हन्ड्रेड’ र टी-२० ब्लास्ट र एलपीएलको समय लगभग एउटै छ । ‘द हन्ड्रेड’ र टी-२० ब्लास्टमा सन्दिप मंहगो रकममा अनुबन्ध भैसकेका छन् जसको कारण उनले लंका प्रिमियर लिग खेल्ने संम्भावना न्युन छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0