दक्षिण अफ्रिकासँगकाे हारपछि काेहलीले टेस्ट कप्तानबाट दिए राजीनामा

क्रिकेट

काठमाडौं : विराट कोहलीले भारतको टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा दिएका छन्। उनले शनिबार पदबाट राजीनामा दिएका हुन्। कोहलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् कप्तानी पद त्यागेको घोषणा गरेका हुन्। उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई धन्यवाद दिएका छन्।

कोहलीले लेखेका छन्, ‘मैले आफ्नो काम इमानदारीपूर्वक गरें र कुनै कसर बाँकी राखिनँ। म जे गर्छु त्यसको १२० प्रतिशत योगदान गर्छु भन्नेमा विश्वास गर्छु र यदि मैले गर्न नसकेमा त्यसो गर्नु ठीक होइन भन्ने मलाई थाहा छ।’

केही समयदेखि कोहली र बीसीसीआईबीच कप्तानलाई लिएर विवाद भएको थियो। कोहलीले ट्वीटरमा जारी गरेको पत्रमा बीसीसीआईलाई धन्यवाद समेत दिएका छन् । विराट कोहलीले लेखेका छन्, ‘म बीसीसीआईलाई यति लामो समयसम्म मेरो देशको नेतृत्व गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छु।’

बीसीसीआईले पनि विराट कोहलीलाई बधाई दिएको छ। गत, अक्टोबर–नोभेम्बरमा ओमान र युएईमा सम्पन्न भएको विश्वकपपछि कोहलीले टी२० कप्तानी त्यागेका थिए। कोहली पिता बनेसँगै उनी सबै फर्म्याटको कप्तानी भूमिकाबाट अलग हुन चाहेका थिए। उनले पछिल्ला केही महिनायता रोहित शर्मा र टिम व्यवस्थापनसँग यस विषयमा लामो छलफल गरेको बताइन्छ।

यता, कोहली पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका छन्। त्यसैले पनि उनी कप्तानी छाड्दै ब्याटिङमा ध्यान दिने मनस्थितिमा पुगेका थिए।कोहली भारती टोलीसँग २०२२ र २०२३ को टी२० र एकदिवसीय विश्वकप जित्न चाहन्छन्। त्यसकालाई उनको ब्याटिङ र फर्म निकै महत्त्वपूर्ण हुनेछ।

पछिल्लो समय कोहलीको कप्तानीलाई लिएर क्रिकेट समर्थकहरुले पनि चर्को आलोचना गर्दै आएका थिए। यसले उनमाथि दबाब परिरहेको छ। त्यसैले पनि उनी आफ्नो प्राथमिकता ब्याटिङ राख्न खोजिरहेका छन्। त्यसैकारण बीसीसीआईले रोहितलाई सीमित ओभरमा टोलीको कप्तानी जिम्मेवारी दिएर कोहलीलाई टेस्ट टोलीको कप्तान बनाएको थियो।

कोहलीले २०१४ मा टेस्ट र २०१७ मा महेन्द्र सिंह धोनीले कप्तानी छाडेपछि भारतीय टोलीको कप्तान नियुक्त भएका थिए। कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन्। उनले ६८ टेस्ट खेलमा भारतको कप्तानी गरेका थिए भने ४० खेलमा टोलीलाई जित दिलाएका थिए। कोहलीको कप्तानीमा भारतीय टोलीले पहिलो पटक अस्ट्रेलियासँगको टेस्ट सिरिज जितेको थियो।

उनीपछि महेन्द्र सिंह धोनीको नम्बर छ। धोनीले ६० टेस्ट खेलमा भारतीय टोलीको कप्तानी गरेका थिए भने २७ खेल जितेका थिए। विराट कोहलीलाई विश्वकै सबैभन्दा सफल टेस्ट कप्तानमा गनिन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0