आईपीएल : हैदराबादसँग दिल्ली १५ रनले पराजित

क्रिकेट

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । गएराति भएको सिजनको तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । दिल्लीको जारी सिजनमा यो पहिलो हार हो।

सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले सर्बाधिक ३४ रन बनाए भने रिषव पन्तले ३२ रन बनाए । त्यस्तै शिमरन हेटमायरले २१ रन बनाए भने कप्तान श्रेयस अय्यरले १७ तथा मार्कोस स्टोइनिसले ११ तथा कागीसो रबाडाले १५ रन बनाए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका बलर राशिद खानले तीन विकेट लिए। उनले चार ओभरमा मात्र १४ रन खर्चिदै तीन विकेट लिएका थिए। त्यस्तै, भुवनेश्वर कुमारले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

राम्रो सुरुवात गरेको हैदरबादका लागि कप्तान डेविड वार्नर र जोनी बैरस्टवले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। जोनीले ५३ र वार्नरले ४५ रन बनाए। त्यस्तै, जारी आइपिएलमा पहिलो पटक टिममा परेको केन विलियम्सनले २६ बलमा ४१ रनको योगदान दिए। बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिए ।

जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । आइपिएलमा बुधबार राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0