लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सहज जित

फुटबल

काठमाडौं । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित दर्ता गरेको छ ।बायर्नले गएराति भएको खेलमा घरेलु टोली एफसी कोल्नलाई ४-० गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा थप एक गोल कोरेन्टिन टोलिस्सोले गरे । खेलको नवौं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । २५ औं मिनेटमा टोलिस्सोले टोलीको अग्रता दोब्बर बनाए ।

६२ औं मिनेटमा लेवानडोस्कीले ब्यत्तिगत दोस्रो गोल गर्दा बायर्न ३-० ले अघि बढ्यो । ७४ मिनेटमा लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए । यो जितसँगै शीर्ष स्थानमा कायम रहेको बायर्नले १९ खेलमा ४६ अंक जोड्दा पराजित कोल्न २८ अंकका साथ आठौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0