चम्किए बिमल घर्ति, शानदार दुई गोल गर्दै मछिन्द्रलाई जिताए

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा मछिन्द्र क्लब विजयी भएकाे छ । मछिन्द्रले दशरथ रंगशालामा बिग्रेड ब्वाइज क्लबमाथि ४-० काे फराकिलाे जित निकालेकाे हाे । मछिन्द्रका लागि विमल घर्ती मगरले २ तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक-एक गाेल गरे।

खेलको ५६औं मिनेटमा विमलकाे गाेलबाट मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले नै व्यक्तिगत दाेस्राे गाेल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ८४‍औं मिनेटमा विमलको पासमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए।

दोस्रो हाफको थप गरिएको समयमा अभिषेकले गाेल गर्दा मछिन्द्रले ४-० काे फराकिलाे जित निकाल्याे । जितसँगै मछिन्द्र ९ खेलमा २३ अंकसहित शीर्ष स्थानमा कायम छ । जुन दाेस्राे स्थानकाे मनाङ मर्स्याङ्दी क्लबकाे भन्दा चार अंकले बढी हाे ।

बिग्रेड ब्वाइज ६ अंक जाेडेर १२‍औं स्थानमा छ। च्यासल युथ क्लबका खेलाडीमा कोराेना संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय गरिएकाे खेल भने स्थगित भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0